Thaha

Sunday 22 September - 3:08 am NST

प्रधानमन्त्री ओलीको भारत भ्रमण दुई देशको सम्बन्धमा नयाँ आयाम थप्ने अवसर हुने  राजदुत सुदको भनाई


काठमाडौं, ६ फागुन । नेपालका लागि पूर्व भारतीय राजदुत राकेश सुदले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुई देशको सम्बन्धमा नयाँ आयाम थप्ने अवसर भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणको अघिल्लो दिन भारतीय पत्रिका द हिन्दुमा आफ्नो बिचार सार्वजनिक गर्दै सुदले भ्रमणले पछिल्लो समय देखिएको दुई देशको कटुता अन्त्य गर्ने विश्वास गर्नुभएको छ । मधेशका माग सम्बोधनका लागि प्रधानमन्त्री ओलीले आनाकानी गरेको र भारतको विरोधमा सार्वजनिक अभिब्यक्ति दिँदै हिँडेकालाई सम्बन्ध चिस्सिएको आरोप समेत सुदले लगाउनुभएको छ । मधेशी नेताहरुसँग वार्ता गरेर समस्या सल्ट्याउनुको साटो ओलीले पहिलो भ्रमण चीनमा गर्ने संकेत गरेर भारतलाई चिढ्याउन खोजेको सुदको टिप्पणी छ । भारतका लागि प्रधानमन्त्री ओली अपरिचित नभएको उल्लेख गर्दै सुदले अफ्ना परराष्ट्र मन्त्री कमल थापालाई दुई पटक भारत पठाएर ओलीले दिल्लीलाई विश्वासमा लिएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीका निसस्त्रीकरणका लागि विशेष दुत समेत रहेका सुदले काँग्रेसका भावी सभापतिको समेत समर्थन लिएर ओलीले राष्ट्रिय एकताको सरकार निर्माण गर्नसक्ने अनुमन गर्नुभएको छ ।